काठमाडौं, २८ फागुन–पेरिस सेन्ट जर्मेन (पिएसजी) इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

गएराति भएको खेलमा पिएसजीले लिभरपुललाई १–० गोलअन्तरले पराजित गर्दै समग्रमा १–१ को बराबरी गरेको थियो। दोस्रो लेगको खेलको १२ औं मिनेटमा लिभरपुलका डिफेन्डर उस्मान डेम्बेलेले गोल गरेका थिए। समग्रमा एक(एकको बराबरी भएको खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो। त्यसमा पीएसजी ४–१ ले विजयी भयो।

यस्तै बार्सिलोना, बायर्न म्युनिख र इन्टर मिलानले पनि अन्तिम ८ मा स्थान बनाए। बार्सिलोनाले बेनफिकालाई ३–१ गोलअन्तरले पराजित गर्दा राफिन्हाले दुई तथा लामिन यामालले एक गोल गरे।

गत साता १–० को जित निकालेको क्याटलान क्लबले क्वाटरफाइनलमा बोरुसिया डर्टमुन्ड वा लिलीमध्ये एकसँग खेल्नेछ।​ राफिन्हा यस सिजन च्याम्पियन्स लिगमा ११ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका छन्। ​

पहिलो लिगमा लेभरकुसेनलाई २–० ले हराउँदै बायर्नले च्याम्पियन्स लिगमा कीर्तिमानी २३ पटक अन्तिम आठमा स्थान बनाएको हो।

ह्यारी केनले च्याम्पियन्स लिगमा सिजनको १० औं गोल गर्दै बायर्न म्युनिखलाई क्वार्टरफाइनलमा प्रवेश गराएका हुन्।

गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले फेयोनार्डलाई २–१ ले हराउँदै समग्रमा चार एकको जितसहित अन्तिम आठमा स्थान बनाउन सफल भयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *