दमक, ४ चैत– दमक बहुमुखी क्याम्पसमा भोली (मंगलबार, ५ चैत) हुने स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित पाँच विद्यार्थी संगठनहरुले सोमबार पत्रकार सम्मेलन गरेर उम्मेद्वार घोषणा तथा प्रतिवद्धता सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेससम्बद्ध (नेविसंघ), नेकपा (नेकपा माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तीकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध राप्रविसंघ, नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र संघीय लिम्बुवानसम्बद्ध संघीय बिद्यार्थी संघबीच दमक बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धन गरिएको छ ।
सो गठबन्धनबाट स्ववियु निर्वाचनका लागि अध्यक्षमा नेविसंघका नेता भुपेन्द्र बस्नेत ९भुवन० सहितको संयुक्त गठबन्धन निर्वाचनमा होमिएको छ ।
नेविसंघसहितको पाँच विद्यार्थी संगठनहरुको उम्मेद्वारहरुसहित दमकमा पत्रकार सम्मेलन गरेर लामोसमय स्ववियु सभापतिका उम्मेद्वारको आधिकारिकता बारेमा भ्रम सृजना भएको र आजदेखि सो भ्रमलाई निराकरण गरिएको बताइयो । पत्रकार सम्मेलनको अध्यक्षता नेपाली कांग्रेस निर्वाचन क्षेत्र ५ का कार्यवहाक सभापति तथा स्ववियु निर्वाचन परिचालन समितिका संयोजक रवि न्यौपाने केसीले संयुक्त गठबन्धनबाट सभापति पदका उम्मेद्वार भुवन बस्नेत (भुपेन्द्र) सहित सचिवमा राप्रविसंघ सम्बद्ध राजेश थापा र कोषाध्यक्ष प्रविन योगी रहनुभएको छ ।
त्यसैगरी, स्ववियु सदस्य पदका लागि एलिजा भेट्वाल, बिष्णु थापा, सुजन कुवँर, स्मारिका श्रेष्ठ, सनिम नेपाल, दुर्गा पौडेल, प्रशान्त ताजपुरिया (राईडर) र बिकल लिङ्खिम उम्मेदवार रहेका छन् ।
सो अवसरमा कांग्रेस महासमिति सदस्य सुरेश सुब्बा, नेविसंघका पूर्व केन्द्रिय उपसभापति समेत रहेका कांग्रेस महासमिति सदस्य मेदनीप्रसाद सिटौला, राप्रपाका नगर अध्यक्ष हेम सुवेदी, अखिल क्रान्तीकारीका नगर अध्यक्ष कुलबहादुर बस्नेत रवि, नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष हरि प्रसाद नेपाल, संघीय लिम्बुवान नेता लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति अइन्द्र केरुङ, कांग्रेस महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरी, भूमिराज राई, राजन ढुंगना, नेविसंघ झापाका पूर्व सभापति पर्शुराम रिजाल, नेकपा (माओवादी केन्द्र) का नेता बेदु गौतम, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापा क्षेत्र नम्बर ५ का सभापति जीतु धिमाल, रोशन बिष्ट, कांग्रेस नगर उपसभापति साथर खनाल, १ का वडासभापति गजेन्द्र देवान, ४ का सभापति राजेन्द्र सिटौला, ८ का सभापति चन्द्र खत्री लगायतको उपस्थिती रहेका थिए ।
पत्रकार सम्मेलनलाई कांग्रेस नगर उपसभापति प्रेम भट्टराईले सहजिकरण गर्नुभएको थियो ।
