दमक, ६ चैत–दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघका उम्मेद्वार भूपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् ।

गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आएका बस्नेतले निकटतम प्रतिद्धन्द्धी नेकपा (एमाले) निकट अनेरास्ववियूका निशम अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतले ६६८ ल्याएर निर्वाचित हुदाँ प्रतिष्पर्धी अधिकारीले ६२४ मत प्राप्त गरे ।

नेविसंघका आधिकारिक अध्यक्षका उम्मेदवार सायन साम्पाङले मात्र ३३४ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । अध्यक्षमा स्वतन्त्र समूहकी रश्मी उप्रेती, दीपक लिम्बू, पर्वत बस्नेत, पेमा डोल्मा तामाङ र प्रविणा भट्टराईसहितका ८ जना उम्मेदवार प्रतिष्पर्धी थिए ।

सचिवमा राजेश खड्का (८१२) र कोषाध्यक्षमा ९९७ मत प्राप्त गरि प्रिती मगर निर्वचित भए । निर्वाचित दुवै अनेरास्ववियूका हुन् ।यसैगरि, सदस्यहरुमा आरती बाँस्कोटा (६३१), एन्जिना राई (१०१४), दुर्गा पौडेल (६६९) ,प्रशान्त ताजपुरिया (६३३), प्रासना भट्टराई (८३९), प्रितम पौडेल (६५२), युनेश न्यौपाने (६६५) र स्मारिका श्रेष्ठ (६७८) मत गरि निर्वाचित भएका हुन् ।

यस्तै, समानुपातिकतर्फ अनेरास्ववियूले (६०४) ,नेविसंघले (४६१), अखिल क्रान्तिकारीले (१९३), राप्रविसंगठनले (२२९), समाजवादी विद्यार्थी युनियनले (१२५), हामी स्वतन्त्र छौं समूहले (१५८), संघीय विद्यार्थी युनियनले (४०) मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

३७०३ मत रहेको यस क्याम्पसको स्ववियू निर्वाचनमा १९५६ मत खसेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *