काठमाडौं, ७ चैत–नेकपा (माओवादी केन्द्र) ले पुनः तराई–मधेश जागरण अभियानको थालनी गरेको छ। बिहीबार र शुक्रबार पर्सामा जागरण अभियानका विभिन्न कार्यक्रम तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बिहीबारनागरिक समाज र सञ्चारकर्मीसँग अन्तरक्रिया गर्नुका साथै पार्टी नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय गरिएको उनले जानकारी दिए। पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली शनिबार गते चितवन पुग्ने तालिका छ।
माओवादीले झापाको कचनकवलबाट फागुन १२ गते अभियान थालेको थियो। यद्यपि राजावादी सक्रिय हुन थालेको भन्दै फागुन २४ गते अभियान स्थगित गर्दै माओवादी नेताहरू काठमाडौं फर्किएका थिए।
यसअघि माओवादीले अभियानका लागि तयार पारेको तालिका अनुसारको कार्यक्रम भने प्रभावित भएको छ। माओवादी केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको छैन।

