काठमाडौं, ७ चैत–प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची तय भएको हो ।

त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन्।

यसैगरी, अर्थमन्त्री पौडेलले निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथि बफादार छलफल गर्ने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *