धरमपुर, ७ चैत–शिबसताक्षी–१ धरमपुरस्थित श्रीपञ्चेश्वर शिबालय मन्दिरले संस्थागत आर्थिक कोष निर्माण गर्ने उदेश्यले फागुन ४ गतेदेखि १४ गतेसम्म शिब पुराण आयोजना गरिएको थियो ।

आज (बहिबार) मन्दिर समितिले एक कार्यक्रमबीच सो पुराणबाट संङ्कलित आम्दानी तथा खर्चको विबरण सार्वजनिक छ ।

श्रीपञ्चेश्वर शिबालय मन्दिर समितिका अध्यक्ष प्रेमप्रसाद पोख्रेलको अध्यक्षतामा र शिबसताक्षी–१ का वडा सदस्य पूर्णजङ चेम्जोङको प्रमुख आतिथ्यतामा आम्दानी तथा खर्चको विबरण सार्वजनिक गरेको हो ।

पुराण समारोह सचिवालय समितिका संयोजक तथा पूर्व वडा सदस्य मनकुमार श्रेष्ठले फागुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको पुराणबाट ४ लाख ६५ हजार ६ र २७ रुपैयाँ बचत भएको बताउनुभयो । संयोजक श्रेष्ठले १० लाख ३५ हजार ५ सय ९२ रुपैयाँ आम्दानी र ५ लाख ७० हजार ९ सय ६३ रुँयैया खर्च भएको विबरणहरुसहित आम्दानी र खर्च भएको जानकारी गराउनुभयो ।

सो अवसरमा प्रमुख अतिथि तथा वडा सदस्य चेम्जोङले वडा कार्यालयबाट वडाभित्रका धार्मीक मठमन्दिर, जातजातिको भाषा, कला, संस्कृती र चार्ड पर्वलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

वडा सदस्य चेम्जोङले निश्चित उदेश्य र कार्यक्रम आयोजना गरेपछि, त्यसको विबरण स्थानीयले बुझ्ने गरी सार्वजनिक गर्न जरुरी रहेको बताउनुभयो ।

मन्दिर समितिका उपाध्यक्ष तथा धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर (कुमार) जोशीले श्रीपञ्चेश्वर मन्दिर सञ्चालनका लागि पुराण आयोजना गरिएको बताउनुभयो ।

पुराण मूल समारोह समितिका संयोजक भीमबहादुर खबासका अनुसार ग्रामिण परिभेषमा पुराणबाट ठूलो आम्दानी गर्न नसकिएको बताउनुभयो । मन्दिर सञ्चालन, व्यवस्थापन र अन्य गतिविधिका लागि आर्थिक पक्षको महत्वपूर्ण भूमिका हुने भएकोले पुराण आयोजना गरिएको जानकारी गराउनुभयो ।

सो पुराणमा रु २५ सयसम्म दिने दातालाई फ्रेमसहितको प्रमाणपत्र, १० हजारसम्म दिने दातालाई गोल्डेन कलरको फ्रेम, ११ हजार बढी दिने दातालाई गोल्डेन कलरसहितको फ्रेमसहित मन्दिर परिसरमा शिलामा नाम लेखाइने मन्दिर समितिका अध्यक्ष प्रेमप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्दिर समितिका सदस्य कमला बुढाथोकीले स्वागत मन्तव्य र सचिव युवराज बुढाथोकीले सञ्चालन गर्नुभएको थियो ।

स्थानीय दाताहरुले २०६८ सालमा श्रीपञ्चेश्वर शिवालय मन्दिर स्थापना गर्नुभएको हो । मन्दिरको आफ्नै नाममा एक कठ्ठा जमिन छ । व्यवस्थित पर्खालसहितको श्रीपञ्चेश्वर शिबालय मन्दिर परिसरमा शिब प्रतिमा, लिङ्ग, होमादी गर्ने कक्ष, कार्यक्रम हल, स्ट्रोर रुम, सौचालय, पिउने पानी र चेन गेट निर्माण गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *