काठमाडौँ, ७ चैत–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सरकार आफ्नो जिम्मेवारीबाट भागेको दाबी गर्नुभएको छ।
बिहिबार आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी पहिलो संशोधन २०८१ माथिको छलफलमा भाग लिदै चौधरीले उक्त दाबी गनुभएको हो। उहाँले भन्नुभयो,-‘प्रि बजेटका बारेमा छलफल गर्ने समय बढाउनुपर्ने छ। बजेटका बारेमा प्रशस्त छलफल गर्नका निम्ति अहिलेको निर्धारित समय अपुग हुन्छ।’
चौधरीले अगाडि भन्नुभयो,‘प्रि बजेट डिस्कशनको समय सीमा तीन महिना राख्नुपर्छ। बजेटसँग सम्बन्धित व्यक्ति, संस्थाm पक्षसँग छलफल गर्नुपर्छ।
अर्थ समितिमा मात्रै छलफल गरेर हुँदैन। यसरी विश्लेषण नगरी, तय गरिने योजना तथा विकासका कामहरू पूरा हुँदैनन्। अलपत्र पर्छन्। यस्तो हुनुको कारण बजेटका बारेमा यथेष्ट छलफल नहुनु नै हो।’

