गोरखा, १० चैत्र–देशभरका ज्योतिष वास्तु तथा तन्त्र शास्त्रविदहरुको राष्ट्रिय सम्मेलन भव्य रुपमा गोर्खामा सम्पन्न भएको छ।

चैत ८ र ९ गते सम्पन्न ज्योतिष वास्तु तथा तन्त्र शास्त्रविदहरुको राष्ट्रिय सम्मेलनमा राष्ट्रभरका विशिष्ट विद्वानहरुको सहभागीता रहेको थियोे ।

दुई दिनसम्म संचालित उक्त सम्मेलनमा विभिन्न विधामा प्रशिक्षण तथा ज्ञान प्रदान गरिएको थियो । साथै, सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्र शास्त्रमा विशेष योगदान पुर्‍याउनु हुने विद्वानहरुलाई विभिन्न पदवी र सम्मानपत्र प्रदान गरिएको थियोे ।

गण्डकी प्रदेश सरकारका माननीय उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा गोर्खा नपाका मेयर कृष्ण थापासहित विभिन्न विद्वानहरुले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

सम्मेलनबीच वास्तु विषयमा डा.माधव मंगल जोशी, तन्त्र विषयमा डा.शहदेव विष्ट,ज्योतिष विषयमा डा.लोकराज पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रशिक्षण पश्चात विभिन्न विधामा उल्लेख क्षमता र योगदान पुर्‍याउनुहुने देश भरका ज्योतिषीहरु सम्मानित हुँदै गर्दा दक्षिण एसियाली ज्योतिष भवेशलाई ज्योतिष रत्न अवार्ड तथा गोरखनाथ अवार्ड गरि दुईवटा अवार्डद्वार उच्च सम्मान प्रदान गरिएको छ।

महासंघका राष्ट्रिय सभापति पंडित खिलानाथ काफ्लेले सचापतित्वमा संचालित तथा रविन पगेनीको स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले गर्नुभएको थियोे ।

कार्यक्रम सम्पन्न पश्चात सहभागीहरुलाई गोर्खा जिल्लाका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुको अवलोकनको व्यवस्था मिलाईएको थियो ।

ज्योतिषी भवेश बिन्ध्यबासिनि र कुलपरम्परा अनुसार वाल्यकालको कलिलो उमेरबाटै पाङका गुरुको सहयोगमा ज्योतिष तथा कर्मकाण्ड अध्ययन गर्नुभएको थियो । उमेरको परिपक्वतासंगै वहाँ नेपालको वनारस मानिने पर्वतको पाङ आफ्नै गुरुकुलमा विशिष्ट विद्वानहरुको कृपाले ज्योतिष तथा बास्तु विशेष अध्ययन गर्नुभएको थियो ।

अध्ययनकै शिलशिलामा वनारसवाट ज्योतिष ब्याकरण विषयमा शात्री गर्नुभएकोवहाँले अहिले भने फलित ज्योतिषमा बिन्ध्यबसिनि मन्दिरको मुख्य ज्योतिषी रुपमा रहेका वहाँ विगत लामो समयदेखि ज्योतिषीय संस्थाको विभिन्न जिम्मेवारी समाल्दै आउनु भएको छ ।

२०७७ सालमा दक्षिण एशियाली ज्योतिष महासंघको गण्डकी प्रदेश उपमहासचिब निर्वाचित वहाँ २०८० सालमा मुक्तिनाथमा सम्पन्न दोस्रोपटकको अधिवेशनबाट कोषाध्यक्ष निर्वाचित र २०८१ पुषमा दक्षिण एसियाली ज्योतिष महासंघ
केन्द्रिय सद्स्यमा निर्वाचित भएर जिम्मेवारीमा रहनु भएको छ।

लामो समयसम्म ज्योतिष क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप २०१८ सालको अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा तथा ज्योतिष भूषण अवार्ड प्राप्त गरेका वहाँले अन्तर्राष्ट्रिय ज्योतिष अलंकार अवार्ड, पशुपतिनाथ अवार्ड, मुक्तिनाथ अवार्ड सहिद दर्जनौंपटक पुरस्कार तथा सम्मानहरु प्राप्त गर्नुभएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *