दमक, ११ चैत–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १६औं स्थापना वर्षगाँठ मनाएको छ । यसअघि, झापा र मोरङसहित पाँचवटा सेवा केन्द्रहरुमा संस्थाले वार्षिकोत्सव मनाइएको छ ।

आज (सोमबार), दमक बेलडाँगी रोडस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजित १६औं वार्षिकोत्सवमा उत्कृष्ट कारोबार गर्ने विभिन्न विषय र शिर्षकका दुई दर्जन बढी सदस्यहरुलाई सम्मान गरिएको छ ।

सम्मानित सदस्यहरुलाई स्वर्णलक्ष्मी साकोसका अध्यक्ष बुद्धिसागर बराल र समारोहका प्रमुख अतिथि प्रदेश सहकारी कार्यालय इनरुवाका रजिष्टार हरिबहादुर खत्री लगायतका अतिथिहरुले अविर तथा सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए । सोही, समारोहबीच दमक–४ मा अवस्थित बिद्योदय आधारभुत विद्यालयमा अध्ययनरत ४० जना बढी विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो ।

१६औं वार्षिकोत्सवमा दमकस्थित केन्द्रीय कार्यालयमा आज विहान रक्तदानसहित दन्त र खाँखा परिक्षण समेत गरिएको थियो । रक्तदानमा ६४ प्रिन्ट रगत संङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा, रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

त्यस्तैं, आजै संस्थाले दमक थुलुङ डेन्टर केयर अस्पतालद्धारा दन्त परिक्षण गरिएको थियो । सो परिक्षणमा झण्डैं एक सय बढीले दन्त संम्बन्धि सेवा लिएका थिए । दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले परिक्षण गर्नुका साथै परामर्श गरिएको थियो । डाक्टर थुलुङ लाइफ लाईन अस्पतालकी वरिष्ठ दन्त विशेषज्ञ हुन् ।

आजैं, विर्ताज्योती आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा परिक्षण गरिएको थियो । संस्थाले आफ्ना सदस्यहरुको सेवा र सुविधा उपलब्ध गराउने उदेश्यले वार्षिैकोत्सवमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

झापाको गौरादह, झिलझिले, सुरुङ्गा र मोरङको उर्लाबारीसहित चार सेवा केन्द्रहरु र मुख्य कार्यालय दमकबाट स्वास्थ्य परिक्षण, रक्तदान, सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको हो । संस्थाले यसवर्षको वार्षिकोत्सवमा दमक थुलुङ डेन्टल केयर अस्पताल र बिर्ताज्योती आखा अस्पतालसंग सहकार्य गरिएको थियो ।

सो समारोहमा प्रमुख अतिथि प्रदेश सहकारी कार्यालय इनरुवाका रजिष्टार हरिबहादुर खत्री, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, मेची बहुदेश्यीय सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा प्राध्यापक बासुदेब काफ्ले सहकारी संस्थाको स्थापना, यसका चुनौती, शेयर सदस्यहरुमुखी कार्यक्रम, योजना, दायित्व, भूमिका लगायतको बारेमा आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षता, सचिव सञ्जिव रिमालको स्वागत र प्रमुख कार्यकारी अधिकृत कमलकुमार घिरिमेले सञ्चालन गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *