गोविन ल्वागुन/शिवसताक्षी, ११ चैत–शिवसताक्षी–३ पाराबारीस्थित भानु माध्यमिक बिध्यालयमा २ कोठे भवनको आज सिलन्यास गरिएको छ ।

सोमबार, विद्यालय परिसरमा एक कार्यक्रमकाबीच भवनको शिलन्यास गरिएको हो । शिवसताक्षी–३ का वडाध्यक्ष भाष्कर न्यौपाने र नेपाली काँग्रेस महासमिति सदस्य तथा शिबसताक्षी घर भएर हाल काठमाण्डौंमा व्यवसाय गर्नुहुने समाजसेवी मचिन्द्र सेर्माले संयुक्त रुपमा सिलन्यास गर्नु भएको हो ।

तराइ मधेस समृद्धि कार्यक्रम अनतरगत संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयबाट रु २५ लाख र शिवसताक्षी नगरपालिकाको रु १५ लाख ९६ हजार ९ सय ७६ रुपैयागरि जम्मा रु ४० लाख ९६ हजार ९ सय ७६ हजारको सझेदारी लागतमा उक्त २ कोठे भवन निर्माण हुने भएको हो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश राईका अनुसार यो भवन एस.आर.एस निर्माण सेवा सिवसताक्षी ९ ले गर्ने गरि ठेक्का लागेको र ०८२ असार १५ मा निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भएको छ ।

उक्त २ कोठे भवन निर्माणको लागि रु २५ लाख काँग्रेस महासमिति सदस्य तथा समाजसेवी मचिन्द्र सेर्माको पहलमा प्राप्त गर्न सफल भएको हो । विद्यालयका प्रधानध्यापक बिजय चौधरीका अनुृसार शेर्मा विद्यालयका पुर्व बिध्यार्थीसमेत हुन् । सेर्माले यसअघि विभिन्न चरणमा विद्यालयको शैक्षिक उनयनको निमित सहयोग गर्दै आउनुभएको छ ।

सो अवसरमा सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काँग्रेस महासमिति सदस्य तथा समाजसेवी सेर्माले आफू यसै विद्यालयका पूर्व विद्यार्थीसमेत रहेकोले विद्यालयको चौतर्फी बिकासको लागि सदैब सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी, वडा न ३ का अध्यक्ष भास्कर न्यौपानेले आफ्नो क्षेत्रमा बिध्यार्थीको आवश्यकतालाई मध्यनजर गरि भवन निर्माण हुनु गौरबको बिषय भएको बताउनुभयो ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश राई, पिटिए अध्यक्ष रोहित बास्तोला, वडाका जनप्रतिनिधिहरु लासाङ तामङ, शंकर राई, तिर्थकुमारी महरा, मिना तामाङ्ग शैक्षिक र बौद्धिक ब्याक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

२०३४ सालमा स्थापना भएको यस बिध्यालयमा हाल कक्षा १० सम्म अध्यापन भइरहेको छ भने हाल सो विद्यालयमा बिध्यार्थी संख्या ३ सय ६८ जाना छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *