काठमाडौँ, १२ चैत–नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेको छ।
मंगलबार सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाएको हो।
संगठनका पूर्वअध्यक्ष तथा पार्टी पोलिटब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य नितेश पौडेल, संगठनका अध्यक्ष महेश श्रेष्ठलगायतका संगठनका नेताहरूले राजधानिको विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गर्नुभएको थियो।
