काठमाडौँ, १८ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वपप््रधानमन्त्री माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेको बताउनु भएको छ।

आज (सोमबार) काठमाडौँमा पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीकको दोस्रो राष्ट्रिय महाधिवेशनको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले इतिहास भइसकेको राजालाई ब्युँताउने कोसिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गर्नु भएको छ।

उहाँले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन्रु भन्दै प्रश्न गर्नुभयो। इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ। नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताउनुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेका छन्। इतिहास भइसकेको राजालाई फेरि ब्युँताउने कोसिस गरिरहेका छन्। जो सम्भव छैन। के त्याग गरेको हुनाले, के तपस्या गरेको हुनाले, के योगदान गरेको हुनालेरु देश निर्माणमा के भूमिका खेलेको हुनाले, दमन गरेको हुनालेरु’

अध्यक्ष नेपालले अगाडि भन्नुभयो, ‘निरंकुशता लादेको हुनालेरु वंशको शासन चलाएको हुनाले, देशलाई गरिबी, बेरोजगारमा पिल्साएको हुनालेरु के कारणले रु राम्रो काम गरेको त देखिँदैन ।’

अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने कि नपाउने भन्दै प्रश्न गनुभयो। उहाँले भन्नुभयो,‘नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने कुरा अस्वीकार्य हुन्छ। कसैको भ्रममा नपर्नुस्, सत्य र तथ्यको कुरा बुझ्नुस्। इतिहास फेरि पछाडि फर्किन सक्दैन। अब संसार र नेपाली समाज सामन्तवादको युगमा फर्किन सक्दैन। कुनै परिवारको कोही दास बन्न चाहँदैन। कुनै परिवारको देशलाई पेवा गर्न चाहँदैन।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *