फाइल तस्विर

काठमाडौं, २० चैत–नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको हो।

प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले रिट निवेदन दायर गरेका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिवेला रिट निवेदन दायर गरेका थिए। अदालतले दुवै रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *