काठमाडौँ, २० चैत–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सङ्खुवासभाको अध्यक्षमा सुलत शाक्य सर्वसम्वत निर्वाचित हुनुभएको छ।
एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कोशी प्रदेश कमिटीका ईञ्चार्ज राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा मंगलबार जिल्ला अधिवेशन सम्पन्न भएको हो।
कमिटीको उपाध्यक्षमा लक्ष्मी चापागाईँ र उपेन्द्र कुमार राई, सचिवमा राजेश खड्कालाई चयन गरिएको छ।
त्यस्तै, उपसचिवमा सुलक्षणा शाक्य, इन्द्र कार्की र झलक गुरूङलाई चयन गरिएको छ।
नेकपा (एकीकृत समाजवादी) सङ्खुवासभाको जिल्ला अधिवेशनलाई पार्टीका पोलिटब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य तथा संखुवासभा ईञ्चार्ज उमेश डाँगी, सहईञ्चार्ज तथा केन्द्रीय सदस्य हेमराज घिमिरे, केन्द्रीय सदस्यहरु पदम कुमारी गुरूङ र सरिता खड्का लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो।
