काठमाडौँ, २१ चैत–पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा रहेको अरुण खोला बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूकी प्रकृति पंगेनी स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा सर्वसम्मत निर्वाचित हुनु भएको छ।
उक्त क्याम्पसमा विद्यार्थी संगठनबीच सहमति गरेर स्ववियु निर्वाचन गरिएको हो। यस्तै कोषाध्यक्षमा अनिता दरै, सदस्यहरू निमिसा दरै, थानिसरा वयम्बु, गनिसरा आले प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फ सिद्धका बस्नेत, सुष्मा नेपाली, निरा गाहा मगर निर्वाचित भएको निर्वाचन संयोजक रामप्रसाद अधिकारीले जानकारी दिनुभएको छ। सचिव र दुई सदस्यपछि घोषणा गरिने बताइएको छ।
स्ववियु निर्वाचनको समयमा जिल्लाका क्याम्पसहरूमा तालाबन्दी र अनशन भएपछि चैत ५ गतेको चुनाव स्थगित भएको थियो। विद्यार्थी संगठनबीच सर्वसम्मत रूपमा समिति चयन गर्ने सहमतिअनुसार अहिले काम भइरहेको छ।
जिल्लाका अन्य क्याम्पसमा निर्वाचन सुनिश्चित गर्न सार्वजनिक संघलाई आग्रह गरिएको अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष ठाकुर पराजुलीले जानकारी दिनुभयो।

