काठमाडौँ, २२ चैत–नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक घनश्याम भूसालले मुलधारका मिडियाका सम्पादकहरूसँग छलफल गर्नुभएको छ।

आज (शुक्रबार) महासचिव भूसाल, उपमहासचिव रामकुमार भट्टराई र आन्दोलन परिचालन कमिटीका सचिव जीवनराम श्रेष्ठले सम्पादकहरूसँग ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का विषयमा राय लिनुभएको हो।

सम्पादकहरूले वर्तमान असुन्तुष्टि व्यवस्थाप्रति नभएर नेताहरूको आचरण, व्यवहार र पद लोभ कारक रहेको निष्कर्श सुनाउनु भएको छ।

साथै, सम्पादकहरूले प्रमुख दल र दलका शीर्ष नेताहरू गतिशील बन्न नसकेका कारण वर्तमान आक्रोश बढेको बताउनुभयो। जनतामा नेता र दलहरूप्रति विश्वास घटेका बताउँदै उहाँहरूले जनताको मन जित्न खालका काम गर्न सुझाव दिनुभएको छ।

शम्भु श्रेष्ठ, बोधराज त्रिपाठी, नरेन्द्रजंग पिटर, अमित ढकाल, शिव गाउँदे, उमेश चौहान, तिर्थ कोइराला, किरण नेपाल, बसन्त बस्नेत, दिलभुषण पाठक, गुणराज लुइँटेल, माधव बस्नेत, राजेन्द्र बानियाँ, जनक नेपाल, मातृका पौडेललगायतका सम्पादकहरूले राजनीतिक दलका प्रमुख नेताहरु सच्चिनु पर्ने सुझाव दिनुभएको छ।

यसपछि पार्टीले अघि सारेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’का बारेमा परिचालन कमिटीले नागरिक अगुवाहरुसँग सुझाव संकलन गर्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *