काठमाडौं, २३ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ।
प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका उनलाई राति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो।
बिहान साढे ७ बजे नै विमानस्थलमा पुर्याइएको भए पनि विमान ढिलो हुँदा भएपछि ढिलोगरी भैरहवा लगिएको हो।
च्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो ।
यही मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो। उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

