धनक्टा, २३ चैत–तेह्रथुम लालीगुराँस नगरपालिका वडा न।७ च्याक्चे गाउँ बस्ने ४० वर्षीय बमबहादुर थापा मगरको बाटोबाट लडेर मृत्यु भएको छ ।

चैत १७ गते बिहान ११ः२५ बजे गाउँबाट घर फर्कने क्रममा ढुंगा तारजाली भएको बाटोमा अचानक लडेर बमबहादुर थापा मगर अन्दाजी २० मिटर तल झरेका थिए ।

घाइते मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकोमा आज बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *