गोविन ल्वागुन/झिलझिले (शिवसताक्षी), २४ चैत–शिवसताक्षी–११ झिलझिलेमा जारी नगर मेयर कप को आज भएको फुटबल खेलतर्फ वडा नम्बर ७ बिजयी भएको छ ।
आइतबार, झिलझिलेस्थित गणेशमान अध्ययन प्रष्तिष्ठानको खेल मैदानमा सम्पन्न भएको फुटबल खेलमा वडा न ७ ले वडा न ४ लाई फराकिलो गोल अन्तरले जीत हात पारेको छ ।
वडा नं ७ ले वडा नं ४ लाई ० को विरुद्ध ३ गोल गर्दै बिजयी यात्रा सुरुवात गरेको हो । उक्त खेलको १४औं मिनेटमा जर्सी न ४ का हेमन लिम्बुले गोल गर्दै गोलको खाता खोल्न सफल भए ।
खेलमा एकतर्फी रुपमा वडा न ७ ले गोललाई आफ्नो पक्षामा पारेर खेलिरहेको अवस्थामा वडा न ७ ले पुनः २१औं मिनेट्मा जर्सी न १० का अनुज माझीले गोल गर्दै गोल अग्रता दोब्बर बनाए ।
पहिलो आफ २–० ले सम्पन्न भएको खेलमा पुनः ४९औ मिनेटमा जर्शी न १४ का युनिश माझीले गोल गरि टिमको अग्रता तेब्बर बनाएर खेल वडा न ७ ले ३–० गोल अन्तरले बिजयी हुदै सेमिफाइनल यात्रा पक्का गरेको छ ।
आजको खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी न ११ का आयुस भट्टराई घोषित भए । भट्टराईलाई नगद २ हजार १ सयद्वारा सम्मानित गरिएको थियो ।
प्रतियोगिता अन्तरगत भोली (सोमबार) को दोस्रो क्वाटरफाइनल खेल वडा न ८ भर्सेज वडा न ११ बीच हुने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिनुभयो ।
प्रतितोगिताको बिजेताले नगद ५५ हजरसहित ट्रफी मेडल पाउनेछ्न भने र उपबिजेता टिमले नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने खेलकुद अध्यक्ष राईको भनाइ छ ।
