बिर्तामोड, २४ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तीन पक्षको कमजोरीका कारण तीनकुने घटना भएको टिप्पणी गरेका छन् ।

बिर्तामोडस्थित नेकपा (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यालयको सभाहलमा पार्टीनिकट समाजवादी प्रेस संगठन झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो धारणा राखेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वकांक्षा, पूर्व पञ्चहरुको दिवा स्वप्ना र सत्तारुढ दलहरुको अकर्मण्यता र असक्षमताका कारण सो घटना भएको विश्लेषण गरेका हुन् ।

पूर्वप्रधानमन्त्री खनालले त्यस दिन सुरक्षाको प्रवन्ध असाध्यै कमजोर रहेकोसमेत दावी गरे । तीनकुने घटनामा आन्दोलनकारीहरुको अराजकता र सरकारको दमन दुवै देखिएको बताउँदै उनले एउटा पक्षलाई मात्र दोष दिन नमिल्ने प्रतिक्रिया दिए ।

उनले सरकारले एकतर्फी दोष देखाएर उम्कन नमिल्ने भन्दै आफ्नो पार्टी न्यायिक छानबिन आयोग बन्नु पर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे । अहिले हरेक क्षेत्रमा दलाल पुँजीवादी हाबी हुँदै गएकोले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र बामपंथी एकता गर्दै बैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको उनको भनाई थियो ।

समाजवादी प्रेष संगठन, नेपाल झापाका अध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा सो पत्रकार सम्मलन भएको थियो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेल, पोलिटव्यूरो सदस्य अशेष घिमिरे, केन्द्रीय सदस्य नीलमणी बराल, समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज तीर्थ सिग्देल, पार्टी झापा अध्यक्ष बेदराज रेग्मी, प्रदेश कमिटी सदस्य बासु दुलाल, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष शंकर थापा, बिपी भट्टराई, प्रत्युष राना मगर, नबीन इजम, सानुकमार लामा, श्रीप्रसाद सिटौला, परशुराम शंकर, श्रीप्रसाद मिश्र, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, वरिष्ठ पत्रकार इन्द्रसिंह राजवंशी, युवा संघ नेपाल समाजवादी झापाका अध्यक्ष प्रतिक राजवंशी लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई समाजवादी प्रेष संगठनका केन्द्रीय सदस्य अनिलदेब राईले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *