राजेन्द्र लिङ्देन

काठमाडौं, २६ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश नबन्ने बताएका छन्।

आज (मंगलवार) राप्रपाले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले ओली, देउवा र प्रचण्ड जति सत्तामा बस्यो उति नै देश बर्बाद हुने बताए ।

उनले भने, ‘म आदरपूर्वक कांग्रेस, एमाले र माओवादीका साथीहरूलाई भन्न चाहन्छु, तीन नेताको पनि नाम लिन्छु, ओलीलाई कति वर्ष प्रधानमन्त्री बनाए देश बन्ला रु त्यसपछि शेरबहादुर देउवाको पालो भनिएको छ, कति वर्ष बनाउने, कि बाँचुन्जेल रु कि प्रचण्डलाई सत्तामा फर्काएर देश बन्छ, ५ वर्ष होइन यी तीनजनालाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश बन्नेवाला छैन, यिनीहरूलाई जति दिन राख्यौँ, त्यति दिन देश बर्बाद हुनेवाला छ।’

त्यसैले यो अभियान आन्दोलन उठाएको दावी उनले गरे । उनले भने, ‘यो पार्टीको मात्रै होइन, मुद्दा देश बचाउने र बनाउने हो, यसमा जोडिन पनि अपिल गर्न चाहन्छु ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *