राजु ताम्राकार/ललितपुर, २७ चैत–४६ सालको जनआन्दोलनका सहिद ठेचो डोजोले शहीद सागरसिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेका छन् ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो दोश्रो भएका छन् । नरहरिपुरले ४ स्वर्ण, ४ रजत र ३ कांस्य हात पारे । तेश्रो स्थानमा नगदेश डोजोले ४ स्वर्ण, ४ रजत र २ कांस्य हासिल गरेका छन् ।

पाटन दरबार स्क्वायरमा भएको प्रतियोगिताको पुरुषतर्फ आयोजक प्रयागपोखरी डोजोका मोहन माझी तथा महिलामा भक्तपुर नगरपालिककी सुयोगी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा थिमी डोजोका आयुश लामा तथा महिलामा बंगलामुखी डोजोकी अन्ना तामाङ उदीयमान खेलाडी चुनिए ।

विजेता खेलाडीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ निर्वाचन निर्देशन समिति संयोजक मा। मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुरस्कार वितरण समारोहमा सहिद परिवारजन, जनआन्दोलनकन अगुवा सुद्दाकार मुल्मी , राष्ट्रिय खेलकुद परिषदका पूर्व सचिवालय सदस्य पुरेन्द्र बिक्रम लाखे,नेपाल लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकार, वरिष्ठ कराँते प्रशिक्षक निवास गोपाल वैद्य लगायतको उपस्थिति रहेको थियो।

दुईदिने प्रतियोगितामा ५ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रयागपोखरीका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *