दमक, २८ चैत–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सरिता खड्का सर्वसम्वत निर्वाचित हुनुभएको छ। खड्का यसअघि प्रदेश कमिटीको उपसचिव हुनुहुन्थ्यो।
पूर्व प्रदेशसभा सदस्यसमेत रहेकी खड्काको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो। अधिवेशनले १६८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।
दुई उपाध्यक्ष रहने एकीकृत समाजवादी पाटीको विधानमा भए पनि अधिवेशनले उपाध्यक्ष भने छानेको छैन। त्यस्तै, सचिवमा दलशेर राई निर्वाचित हुनु भएको छ।
तीन उपसचिव मध्ये एक जना भनेपछि छान्ने गरी दुई जना छिरिङ लामा र दलिततर्फ उमा शङ्कर चयन हुनुभएको छ। महिला उपसचिव भने खाली छोडिएको छ।
अधिवेशन गत मङ्गलवारदेखि इटहरीमा सुरु भएको थियो। सो अधिवेशनको उद्घाटन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्रै बस्नेत, बरिष्ठ उपाध्यक्ष तथा सांसद राजेन्द्र पा(ढे, उपाध्यक्ष जयन्ती राई, जघनाथ खतिवडा, उपमहासचिव एबम् कोशी प्रदेश इन्चार्ज राजेन्द्र राई लगायतका नेताहरुको उपस्थिति थियो ।
