झिलझिले, २९ चैत–शिवसताक्षी नगरपालिका–११ झिलझिलेमा सञ्चालित मेयर कप आज सम्पन्न भएको छ । झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेलमैदानमा शुक्रबार फुट्बल तर्फ फाइनल खेल सम्पन्न भएको छ । सो प्रतियोगितामा शिबत्रसताक्षी–७ लाई ट्राइब्रेकरबाट हराउँदै वडा नम्बर १० ले उपाधि जितेको हो ।
वडा नमबर १० ले वडा न ७ लाई ट्राइबेकरमा ३ का विरुद्ध ४ गोल गर्दै वडा न १० ले उपाधि कब्जा गरेको हो । जितसंगै बिजेता टिमले नगद ५२ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने र उपबिजेता टिमले नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।
शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा भएको फाइनलखेलमा निर्धरित समयमा दुबै तर्फबाट गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईको अध्यक्षतामा र झाप क्षेत्र नं ४ का संघीय सांसद लालप्रसाद साँवाको प्रमुख आतिथ्यता र नगर प्रम्ुख मेघाहाङ्ग थोप्राको विशेष आतिथ्यतामा पुरुस्कार वितरण समारोह भएको थियो ।
पुरस्कार वितरण समारोहमा नगरको ११ वटै वडाध्यक्षहरु, नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख छबि ढकालसहित कर्मचारीहरु, नगरका विभिन्न विद्यालयका प्रधानध्यापकहरु, सामाजिका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व खेलाडीहरु, प्राविधिकहरु र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
खेलमा वडा न ७ ले गोल लगाउने मौका धेरै पाएको भए पनि गोल लगाउन भने सकेनन् । गोललाई ६० प्रतिशत आफ्नो पकडमा राखेर खेलेको ७ न वार्डलाई भाग्यले साथ नदिएकै कारण उपाधि हात पार्नबाट बन्चित हुन पुग्यो ।
खेलको म्यन अफ द म्याच बिजेता टिमका गोल किपर सुदिप मर्डी घोषित भए उनले नगद २ हजार १ सय हात पारे । त्यस्तै, उत्कृष्ट गोलकिपरको पुरस्कार वडा न। १० का सुदिप मर्डी, उत्कृष्ट डिफेन्डर वडा न ७ का रोजिन कार्की, उत्कृष्ट मिड्फिल्डरमा वडा न १० का सिमोन राई घोषित भए । उत्कृष्ट फर्वाड वडा न १० का मुक्साहाङ लिम्बू घोषित भए । ती सबै खेलाडीले समान ५ हजार ५ सय रुपैयासहित ट्रफी र मेडल प्राप्त गरे ।
त्यस्तै, हाई स्कोरर अवार्ड वडा न ८ का सोहन थापा र वडा न ११ का देब मल्लिकले संयुक्त प्राप्त गरे । उनिहरुले एकमुष्ट ७ हजार ५ सय रुपैया प्राप्त गरे । त्यस्तै, उदयमान खेलाडी वडा न ८ का सोहन थापा घोषित हुदै उनले नगद ६ हजार ५ सय रुपैया नगदसहित ट्रफी प्राप्त गरे ।
प्लेयर अफ दि टुनामेन्ट भने वडा न ७ का हेमन लिम्बू घोषित भए र उनले नगद ११ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।
त्यसैगरि क्रिकेटतर्फ वडा न ११ बिजयी भएको छ । उस्ले वडा ९ लाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । बिजेता टिमले नगद ३५ हजार र उप बिजेता टिमले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारे ।
प्लेयर अफ दि सिरिज वडा न। ७ का बिजय घिमिरे घोषित भए । राइजिङ प्लेयर वडा न ११ का बिशेष उप्रेति घोषित भए । त्यसैगरी हाइस्कोररका रुपमा वडा न ११ का सुरज योङ्हाङ घोषित हुदाँ बेष्ट विकेट किपर वडा न ११ का सनम मगर घोषित भए।
त्यस्तै, बेस्ट फिल्डिङ वडा न ११ का नरबिर फागोले हात पारे भने बेस्ट बलर वडा ९ का बिराज तामाङ, बेस्ट ब्यट्सम्यान वडा न ११ पूर्ण लिम्बू घोषित भए । उनीहरुलाई नगद, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
गत २१ चैतदेखि शुरु भएको शिबसताक्षी नगर मेयर कपको फाइनल खेल समापन समारोहको प्रमुख आतिथ्यता प्रतिनिधिसभाका सदस्य एलपी सावाँ लिम्बू रहेका थिए । विजेता खेलाडीहरुलाई नगर प्रमुख मेगाहाङ थोप्रा र नगर खेलकुद अध्यक्ष सुरज रिङालुङ राईले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
मेयर कपमा बिभिन्न भलिवल, फूटवल, क्रिकेट लगायतका गरि विभिन्न ६ वटा खेलहरु समाबेश गरिएको थियो । यस किसिमको प्रतियोगितालाई आगामी वर्ष समेत निरन्तरता दिईने नगरपालिकाले जनाएको छ ।
