काठमाडौं, १ वैशाख–नेकपा (एमाले) ले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णय बारे जानकारी दिँदै भने, ‘यसपटकको पार्टी स्थापना दिवसमा विगत वर्षमा जस्तै कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्ने विशिष्ट व्यक्ति कम्युनिस्ट योद्धाको रूपमा सम्मान गर्ने निर्णय गरेका छौँ ।’
लालबहादुर विश्वकर्मा ९कञ्चनपुर०, स्वर्गीय रत्न शर्मा न्यौपाने ९जाजरकोट०, शोभारम बस्नेत ९दाङ०, बासस्वती देवकोटा ९गोरखा०, शान्ता मानवी ९काठमाडौँ०, सत्य नारायण मण्डल ९सप्तरी० र हरिचरण सिवाकोटी ९झापा० लाई सम्मानित गरिनेछ ।
