काठमाडौँ, १ वैशाख–नेकपा (एकीकृत समाजवादी), जिल्ला कमिटी कालिकोटको दशौँ अधिवेशनका अवसरमा विभिन्न पार्टी परित्याग गरी एक सय १० जना स्थानीय तथा जिल्ला तहका नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको छ।

गत चैत ३० र ३१ गते सम्पन्न अधिवेशनमा एमाले, कांग्रेस र राप्रपा परित्याग गरेर एकीकृत समाजवादीमा समाहित हुनुभएका स्थानीय तथा जिल्ला तहका नेताहरूलाई पार्टी केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रकाश ज्वाला, सचिव चन्द्रबहादुर शाहीलगगायत शीर्ष नेताहरूले पार्टीमा स्वागत गर्नुभएको हो।

त्यस्तै देउडा क्षेत्रका चर्चित गायक एवं नेपाली कांग्रेसका नेता गंग रावल पनि एकीकृत समाजवादीमा समाहित हुनुभएको छ। पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट इन्चार्ज तुलाराज सिमखाडाका अनुसार कम्युनिष्ट आन्दोलन, शैक्षिक आन्दोलन र विभेद विरुद्धको आन्दोलनमा योगदान एवं जीवन व्यथित गर्नुभएका ४ जना व्यक्तिलाई सम्मान गरिएको छ।

वाम आन्दोलनमा योगदान पुर्याए वापत तुलराज बिष्ट, शैक्षिक आन्दोलन तथा प्रथम श्रेणीका शिक्षक सिंहराज शाही, दलित आन्दोलन तथा विभेदका विरुद्ध आन्दोलनका नेता कालो सार्की र कालिकोटबाट एसएलसी पास गर्ने पहिलो महिला सत्यदेवी उपाध्यायलाई सम्मान गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *