दमक, ४ वैशाख–झापाको दमक–१ नमुना बस्तिस्थित पुष्प–धीरेन्द्र वहुप्राविधिक शिक्षालयमा आज (बिहिबार) शुभकामना आदानप्रदान गरिएको छ । प्रतिष्ठानले नव वर्ष २०८२ को अवसर पारेर दमकका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेतृत्वहरु, उद्योगी तथा व्यवसायीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुबीच शुभकामना आदानप्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष तीर्थराज (शकंर) बस्नेतको अध्यक्षतामा र कोशी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहनुभएका नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको प्रमु्ख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै पूर्वमन्त्री तथा माओवादी नेता आङ्बोले नेपालको शिक्षा प्राविधिक हुनुपर्नेमा जोड दिनुभयो । वहाँले नेपाली शिक्षा बर्जुवा भएको बताउनुभयो । नेता आङ्बोले रोजगार मुलक र उत्पादनसंग जोड्न जरुरी रहेको बताउनुभयो ।
शुभकामना आदनप्रदान कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, दमक–२ वडाध्यक्ष प्रजापति सापकोटा, दमक–९ वडाध्यक्ष कुवेर भट्टराई, माओवादी नेता तथा दमक–८ सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन पुरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक अध्यक्ष हेम सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) दमक अध्यक्ष तीर्थ लामिछाने, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, दमक बहुमुखी क्याम्पसका प्रमुख राम गिरी, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक जेसीजका अध्यक्ष सहदेब भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष तीर्थराज (शकंर) बस्नेतले बहुप्राविधिक शिक्षालयको स्थापनापछिका शैक्षिक तथा भौतिक सुधारका बारेमा बोल्नुभएको थियो । अध्यक्ष बस्नेतले पुष्प–धीरेन्द्रलाई सरकारले अधmैसम्म सार्वजनिक गर्न नसकेको बताउनुभयो ।
लामोसमयदेखि हामी हाम्रो भाईहरुको स्थितिका बारेमा सरकारसंग सत्यतथ्य सार्वजनिक गर्न माग गरिरहेका छौं, बस्नेतले भने–लाग्छ, दुबै भाईहरु गणतन्त्रको निम्ति शहिद भइसक्नुभयो । वहाँहरुकै नामबाट दमकमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न सफल भएका छौं ।
तीर्थराज (शकंर) बस्नेतका भाईहरु पुष्प बस्नेत र धीरेन्द्र बस्नेत दाजुभाई हुन् । दुबै जनालाई सरकारले शसस्त्र बिद्रोहको नाममा पक्राउ गरी हालसम्म बेपत्ता बनाइएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा शिक्षालयका प्राध्यापक तथा कर्मचारीहरुको पनि उपस्थिती थियो । त्यस्तैं, कार्यक्रममा प्रतिष्ठानका संस्थापक एबम् नेकपा (आवोवादी केन्द्र) का नेता बीरेन्द्र बस्नेत, कवि तथा साहित्यकार धनकुटे कान्छा, दमक जेसिजका पूर्व अध्यक्ष कमल कटुवाल लगायतको उपस्थिति थियो ।
कार्र्यक्रममा सन्तोष गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन नबीन सेढाईले गर्नुभएको थियो ।
