फुङ्लिङ (ताप्लेजुङ), ८ वैशाख–ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको जीप (गाडी) मा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो। आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले बताएका छन्।

सोमबार बिहान करिब ५ः०० बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डिएसपी० रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *