धुलाबारी, ८ बैशाख–मेचीनगर नगरपालिकाको सहकारी समन्वय समितिले यहाँका सहकारी संस्थाको अनुगमन गरेको छ ।

अनुगमनसँगै समितिले मापदण्ड पालना नभएको भन्दै आठ वटा सहकारीलाई सुझावसहित सचेत गर्राएको छ । अनुगमनका क्रममा सहकारीको सामान्य मुल्य मान्यता समेतलाई ख्याल नगरेको पाइएपछि सुझावसहित सचेत गराइएको छ ।

टोलीले मेचीनगर–१० को लंकासरी महिला संवृद्वि बहुउदेश्यीय सहकारी संस्था, तारावारी शान्ति बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी संस्था, विहानी बतच तथा ऋण सहकारी संस्था, मेचीनगर–१२ को सामुहिक अभियान बचत तथा ऋण सहकारी संस्था, सब्जीमण्डी कृषि सहकारी संस्था, चारआली बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१३ को आशावादी बहुउदेश्यीय सहकारी संस्थाको अनुगमन गरेको हो ।

अनुगमन गरिएका सहकारीहरुमा सञ्चालक समितिको वैठक नियमित नगरेको, विना धितो ऋण लगानी गरेको, कर्मचारीलाई नियुक्त पत्र नदिएको, तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा राख्नु पर्ने, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृती भएको पत्र राख्नु पर्ने, मासिक किपोमिस रिपोर्ट बनाउनु पर्ने, सूचना पार्टी देखिने गरी राख्नु पर्ने, साधारण सभा पुस मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने, सञ्चालक समितिले नियम अनुसार ऋण लगानी गर्नु पर्ने, सदस्य शिक्षा कार्यक्रम नगरेको, कर्जा जोखिम कोषको व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *