काठमाडौँ, ८ वैशाख–नेकपा (एकीकृत समाजवादी), केन्द्रीय आन्दोलन संयोजन कमिटीले ुसुशासन र रोजगारी, समाजवादको तयारीु का सन्दर्भमा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरेको छ।
सोमबार राजधानीमा पार्टीका महासचिव तथा आन्दोलन परिचालन कमिटीका संयोजक घनश्याम भूसाल, सचिव जीवनराम श्रेष्ठलगायतका नेताहरुको विशेष उपस्थितिमा उद्योगी र व्यवसायीहरुसँग छलफल गर्नुभएको हो।
पार्टीले अघि सारेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुलनाराका साथ आन्दोलनलाई थप समृद्ध बनाउनका निम्ति कमिटीले विभिन्न क्षेत्रका विज्ञ, जानकार, पत्रकार, नागरिक अगुवा, उद्यमीहरुसँग छलफल गरिरहेको छ। यसै क्रममा सोमबार कमिटीले उद्योगी तथा व्यवसायीहरुसँग छलफल गरेको हो।
