काठमाडौँ, ९ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७६औँ स्थापना दिवस मनाएको छ।

आज (मंगलबार) एकीकृत समाजवादी पार्टी केन्द्रले वानेश्वरको अर्पण ब्याङकेटमा र उपत्यका बाहिरका जिल्ला कमिटीहरुले जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवस मनाएका छन्।

एकीकृत समाजवादी पार्टी उपाध्यक्ष जयन्ती राईको अध्यक्षता तथा सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा कन्द्रमा पार्टी स्थापना दिवस मनाइएको हो।

नेकपा स्थापना दिवसका अवसरमा आयोजित विचार गोष्ठिलाई पार्टीका सम्मानित नेतासहित वरिष्ठ नेता डा।बेदुराम भुसाल र महासचिव घनश्याम भूसालले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता भुसाल र प्रमेल हमाल, उपाध्यक्षहरू प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, उपमहासचिव गरिमा शाह, सचिवहरू सावित्रा भुसाल, गणेश विक, श्रीनाथ बराल, बलदेव चौधरीलगायत केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।

पार्टी सचिव शेरबहादुर कुँवरले सञ्चालन गर्नुभएको कार्यक्रमा उपमहासचिव गरिमा शाहले स्वागत मन्तव्य राख्नुभएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *