दमक, १६ वैशाख–झापाको दमकदेखि उत्तरतर्फ अवस्थित पर्यटकीयस्थल इलामको चपेटीमा दुई दिवसीय चुलाचुली साहित्य उत्सव हुने भएको छ । चुलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा चुलाचुली भाषा, साहित्य, कला, संस्कृति र पर्यटन समन्वय समितिको आयोजनामा पर्यटकीयस्थल चपेटीमा चुलाचुली साहित्य उत्सव हुने भएको हो ।

यहि, वैशाख १८ र १९ गते दुई दिवसीय साहित्य उत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था चुलाचुली भाषा, साहित्य, कला, संस्कृति, पर्यटन समान्वय समितिले जानकारी दिएको छ । चपेटीको भञ्ज्याङ एग्रो टुरिजम एण्ड रिर्सोटमा साहित्य उत्सव हुने भएको हो ।

गाउँपालिका भित्र रहेका साहित्य सर्जकहरु र राष्ट्रिय स्तरका कविहरुलाई एउटै मञ्चमा राखेर साहित्यिक सिर्जना पस्किने तथा साहित्य क्षेत्रमा आइपरेका समस्याहरु, अवसर तथा चुनौतीका बारे छलफल गर्दै चुलाचुलीको साहित्यिक प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

चुलाचुली साहित्य उत्सब कार्यक्रमबाट चुलाचुली गाउँपालिकाले भौतिक विकासभन्दा समृद्धिको यात्रामा साहित्यिक विकासले अप्रत्यक्ष तथा दीर्घकालिन विकासको पाइला चाल्ने हुनाले समाज परिवर्तनमा साहित्य विकासको मुख्य भूमिका रहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

बैशाख १८ गते गाउँपालिका अध्यक्ष केरुङको प्रमुख आतिथ्यमा उद्घाटन गरिने साहित्य उत्सवमा गाउँपालिकाका १५ जनाभन्दा धेरै कविहरु र राष्ट्रिय स्तरका साहित्यकारहरुले आ–आफ्ना रचना प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

इतिहासको अप्ठ्यारो कालखण्ड भोग्दै आएको चुलाचुलीमा विभिन्न जातजाति, संस्कार, संस्कृति, भेषभुषा, भाषा र कलाहरु एक आपसमा मिलेर रहनुका साथै प्राकृतिक सौन्दर्यले भरिभराउ रहेको यस गाउँपालिकामा चुलाचुली साहित्य उत्सव कार्यक्रमले थप उर्जा प्रदान गर्ने चुलाचुली भाषा, साहित्य, कला, संस्कृति, पर्यटन समन्वय समितिका अध्यक्ष बलिभद्र कोइरालाले बताए ।

साहित्यिक रचना वाचनका साथै ‘चुलचुलीमा नाटक स् हिजो, आज र भोलि’ बिषयमा बहस तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका लगायतका बिषयमा बहससमेत हुने आयोजकले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *