काठमाडौँ, २० वैशाख–नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन्।

आज (शनिवार) काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए( को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दलहरू स्वार्थ समूह बनिरहेको बताए। उनले लोकतन्त्रमा राजनीतिक दलहरू नै विचारका वाहक हुने बताए। उनले राजनीतिक दलहरूको प्रतिस्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे।

उनले नेपालका राजनीतिक दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शभन्दा पनि स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको बताए। उनले राजनीतिक दलहरूले सरकारलाई बिनालगानी सम्पत्ति कमाउने माध्यम बनाएको बताए।

राजनीतिक दलहरू विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उनको भनाइ छ। दलीय आबद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गरे।

भट्टराईले भने, ‘दलहरू चाहिन्छ। लोकतन्त्रमा दलहरू नै विचारका वाहक हुन्छन्। तिनको प्रतिस्पर्धाले नै लोकतान्त्रिक वातावरण बनाउँछ तर हाम्रा दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शभन्दा पनि स्वार्थ समूह जस्ता बनेका छन्। जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, त्यसको दोहन गर्ने, छिटो सम्पत्ति आर्जन गर्ने। बिनालगानी सम्पत्ति आर्जन गर्ने थलो हाम्रा राजनीतिक दलहरू बनेका छन्। त्यसैले दलीय आबद्धता अब हाम्रा निम्ति असाध्यै ठूलो बाधक बनिरहेको छ।’

अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रलले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरूको भूमिका अहं हुने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *