लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर

काठमाडौं, २२ वैशाख–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशको भएकै कारण आफूहरूमाथि सधैँ अन्याय भइरहेको भन्दै विरोध जनाएका छन्।

आज (सोमबार) प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विना कारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुव्र्यवहार गरिएको बताएका छन् । उनले उक्त घटनामा को व्यक्ति दोषी छ भन्ने थाहा भएर पनि सरकार चुप लागेर बसेको आरोप लगाए ।

‘हामी जुन पीडा भोगिरहेका छौँ, चाहे थारु होस्, चाहे मधेशी जनजाति होस्, हामीलाई किन निरन्तर अन्याय हुन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘म संसदमार्फत् नेपाली समाजलाई अनुरोध गर्दछु, हामीलाई अनावश्यक जेलमा राखिन्छ । पक्राउ गरेर अपहरणको शैलीमा लगेर थुनेर राखिन्छ । त्यहाँ कुनै कारण हुँदैन । केही छैन । एउटा व्यक्तिको गलत चिठीको आधारमा पक्राउ गरेर लगेर ५ घण्टासम्म जेलमा किन राखियो ? यो हामीमाथि किन भइरहेको छ ?’

उनले राज्यले आफूलाई विजेताकोरुपमा प्रस्तुत गरिरहेको भन्दै विजेता आफैँ कुर्सीमा बसेर न्याय अन्याय छुट्याउन लागिरहेको बताए । ‘राज्य हाम्रो कुरा सुन्दैन । कुनै कारण छैन, तर हामीमाथि अन्याय गरिरहन्छ,’ उनले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *