झापा, २२ वैशाख–झापामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। सोमबार बिहान पौने ९ बजे कनकाई नगरपालिका(४ तल्लो चाप्रामारीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

लागु औषध कारोबारी आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले जाँच्न खोजेको थियो। तर प्रहरीलाई देख्न बित्तिकै मोटरसाइकल र झोला फालेर एक पुरूष भागेको डिएसपी खड्काले बताए।

‘प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकल र झोला फालेर मकै घारीभित्र पसेर भागेको रहेछ,’ उनले भने।

त्यही क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो। प्रहरीले झोलासहित २०४।०८० ग्राम बराबरको ब्राउन सुगर बरामद गरेको छ।

प्रहरीले कारोबारीको खोजी गरिरहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *