दमक, २२ बैशाख–दमकमा पहिलो पटक खेलकुद महोत्सव हुने भएको छ । दमक–३ दुम्सेस्थित प्रस्तावित रंगशालामा यहि बैशाख २७ देखि २९ गतेसम्म दमकमा खेलकुद महोत्सव हुने भएको हो ।
दमक नगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने खेलकुद महोत्सवमा फूटवल ,भलिवल, तेक्वान्दो, कराते, चेस, व्याडमिन्टन, क्रिकेट लगायतका ८ किसिमका खेलहरु सञ्चालन हुने छन् ।
खेलकुद महोत्सव तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलन भएको हो । दमकका सवै खेलकुदहरुलाई प्रोत्साहित गर्न पहिलोपटक खेलकुद महोत्सव आयोजना गर्न लागिएको र यसले खेलाडीहरुलाई थप उर्जा प्रदान गराउन खेलकुद महोत्सव आयोजना गरिएको हो ।
महोत्सव सम्पन्न गर्न करिव २२ लाख खर्च हुने अनुमान छ । खेलकुद महोत्सवमा पुरस्कार वापत मात्र ८ लाख बढी खर्च हुने पत्रकार सम्मेलनमा जनाईएको छ ।
महोत्सव दमक–३ दुम्सेस्थित प्रस्तावित रंगशालामा हुने छ । महोत्सव अन्तर्गत बैशाख २४ गतेदेखि क्रिकेट र २५ गतेदेखि फूटवल खेल हुने छन् । सोहि अवसरमा फूटवल खेलको टाईसिट समेत सार्वजनिक गरिएको छ ।
महोत्सवमा दमक नगर भित्रका १० वटै वडाबाट सवै विधाका खेलाडीहरुले सहभागिता जनाउने छन् । महोत्सवमा विजेता खेलाडीहरुलाई नगद, ट्रफि, मेडलसहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने भएको छ ।

