नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, २९ वैशाख–पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बुद्धले दिएका शिक्षाहरू मध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ।

खनालले बुद्ध दर्शनको गहन अध्ययन गरौँ र त्यस भित्र रहेका सकारात्मक र सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्ने बताउनु भएको हो।

बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले भन्नुभएको छ, ‘शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जीवन र जगतको अनित्यता, हर कुरामा हुने परिवर्तनशीलता, कुनै पनि अलौकिक शक्तिको अस्तित्वको अस्वीकार्यताका, कारण र कार्यको सिद्धान्त, लैङ्गिक समानता, छुवाछुत र उच्च निचको वर्णवादी सिद्धान्तको अस्वीकृति र सामूहिकताको सिद्धान्त जस्ता नीति र सिद्धान्तहरू समाजको विकास र रूपान्तरणको प्रक्रियाका निम्ति अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छन्।’

‘आज विश्व शान्तिका अग्रदूत तथा महान् दार्शनिक गौतम बुद्धको २५६९औँ जन्म जयन्तीको दिन हो। साथै किरात समुदायको महान् पर्व उभौली पर्वको दिन पनि हो। यस पुनीत घडीमा म सर्वप्रथम महान् दार्शनिक गौतम बुद्धप्रति हार्दिक सम्मान र श्रद्धा अर्पण गर्न चाहन्छु। साथै सम्पूर्ण बौद्धजनहरूलाई शान्ति,सद्भाव र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *