काठमाण्डौं (एजेन्सी), ११ जेठ–सर्बियाका नोभाक जोकोभिचले करियरमा ऐतिहासिक सफलता प्राप्त गरेका छन्। पूर्व नम्बर एक जोकोभिचले एकलतर्फ एकल सयौं टुर लेभल उपाधि जित्दै अर्को कोशेढुंगा पुरा गरे।

जोकोभिचले जेनेभा ओपन टेनिसको फाइनलमा पोल्यान्डका हुवर्ट हुर्काजलाई तीन सेटमा सेटमा हराएका हुन। गत बिहिबार ३८ वर्ष पुगेका जोकोभिच एक सेटले पछि परेको स्थितीबाट खेलमा फर्किएका थिए।

छैटौं वरियताका हुर्काजले पहिलो सेट ७-५ ले जिते। तर बाँकी दुई सेटमा २४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले उत्कृष्ट पुनरागमन गरे। टाइब्रेकरमा पुगेको सेट ७-६ ले आफ्नो पक्षमा पार्दै उनले खेल १-१ को बराबरी गरेका थिए।

यसअघि भएका सवै सात भेटमा हुर्काजलाई पराजित गरेका जोकोभिचलाई यो पटक भने त्यती सहज भएन्। तेस्रो सेट पनि टाइब्रेकरमानै पुगेको थियो। तर अनुभवी जोकोभिचले ७-६ ले जित्दै किरियरको एक सयौं टुर लेभल उपाधि आफ्नो नाममा लेखाए।

जितपछि जोकोभिचका बच्चाले कोर्टमानै पुगेर उनलाई बधाइ दिएका थिए। यो खेल तीन घन्टा पाँच मिनेट सम्म चलेको थियो । जुन यो वर्षको प्रतियोगिताको सबैभन्दा लामो खेल पनि हो।

गत वर्ष पेरिस ओलम्पिकमा स्वर्ण जिते यता जोकोभिचको यो पहिलो उपाधि हो। उनी जेनेभा ओपनमा उपाधि जित्ने सबैभन्दा पाको उमेरका खेलाडी पनि हुन्। टेनिसमा प्राय सवै सफलता प्राप्त गरिसकेका जोकोभिच ओपन एरामा एक सयौं टुर लेभल उपाधि जित्ने केवल तेस्रो खेलाडी हुन्। जोकोभिचले अब फ्रेन्च ओपनमा प्रतिस्पर्धा गर्नेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *