काठमाडौं, ११ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएको छ ।

आज (आइतबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै कार्यबाहक प्रवक्ता मनीष झाले बताएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले गृहमन्त्री लेखकको संलग्नता पुष्टि भए राजनीति छाड्ने नभइ जेल जाने प्रक्रिया सुरु हुने बताए ।

सो प्रकरणबारे बोल्दै शनिबार गृहमन्त्री लेखकले संलग्नता पुष्टि गर्न चुनौती दिएका थिए । साथै, उनले संलग्नता पुष्टि भए आफू राजनीतिबाट बिदा हुने पनि बताएका थिए ।

त्यसबारे जवाफ दिँदै प्रवक्ता झाले भने, ‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो । प्रमाणित भएपछि जेल त जानैपर्छ । त्यसका लागि राजनीति नछाडि हुँदै हुदैन ।’

उनले यस प्रकरणमा सरकारी कर्मचारीबाटै बदमासी हुने पनि बताए ।

‘बदमासी त कर्मचारीबाटै हुन्छ नि । उहाँ आफैं गएर त्यहाँ टाँचा लगाउने त होइन । कसको कार्यकालमा भयो रु उसको सरुवा कसले गरायो रु सरुवा गराउँदा कार्यविधि मिलेको थियो कि थिएन रु भन्ने कुरा आउँछ,’ उनले भने, ‘टाँचा लगाउने काम मेरो होइन त्यसकारण संलग्नता थिएन भन्न मिल्दैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता पुष्टि भए राजनीति छाड्ने नभई जेल जाने प्रक्रिया सुरु हुने जनाएको छ।

कार्यबाहक प्रवक्ता मनीष झाले भने, ‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो।’
उनले सरकारी कर्मचारीबाटै बदमासी हुने पनि बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *