हर्कराज राई (हर्क साम्पाङ)

धरान, १३ जेठ–धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आउँदो निर्वाचनमा सबै स्थानीय तह र निर्वाचन क्षेत्रहरूमा आफूहरूले उम्मेदवारी दिने बताएका छन्।

इमान्दार र काम गर्न चाहनेहरूलाई समेटेर स्थानीय तहदेखि संघसम्मका चुनावमा उम्मेदवारी दिने उनको भनाइ छ।

‘०८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिन्छौं, दाग नलागेका इमान्दार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन्,’ सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उनले पोस्ट गरेका छन्।

मेयर साम्पाङ २०७९ वैशाखमा भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिई धरान उपमहानगरको मेयर निर्वाचित भएका थिए।

उनले आगामी निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिने बताए पनि पार्टी खोल्ने वा स्वतन्त्र नै उम्मेदवारी दिने भन्नेबारेमा केही खुलाएका छैनन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *