सभामुख देवराज घिमिरे

काठमाडौं, १४ जेठ–विपक्षी दलले गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् ।

भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलहरुले सदन अवरुद्ध जारी राख्ने अडान लिएछि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअघि सदनको अवरोध हटाउन सभामुखले सचेतकहरूलाई साढे १० बजे छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाएका हुन् ।

‘११ बजे संसद् बैठक छ । त्यसअघि साढे १० बजे सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ’, सभामुखको सचिवालयले जनाएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठनको मााग गर्दै सदन अवरुद्ध गरेका थिए ।

त्यसपछि अवरुद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबिच सहमति हुन नसक्दा आज बुधबार ११ बजे बस्नेगरी स्थगित गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *