गृहमन्त्री रमेश लेखक

काठमाडौँ, १४ जेठ–स् गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

सदनमा बोल्न नपाएपछि आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप झुठो रहेको र राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताए।

उनले भने, ुभिजिट भिसामा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा आएका छन्। यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन।’

उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *