राजेन्द्र लिङ्देन

काठमाडौं, १४ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कम्तिमा एक हप्ता काठमाडौँमै बसेर आन्दोलन गर्ने गरी तयारीमा रहन आह्वान गरेका छन्।

आज (बुधबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । जेठ १५ गतेदेखि राजावादीहरूले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसावले र कार्यक्रम अवरोध गर्नेतर्फ सरकार अघि बढ्यो भने प्रतिकार जरुरी हुने बताए। उनले सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर नबस्ने चेतावनी दिए ।

जेठ १५ को आन्दोलन मूल आन्दोलन भएकाले कम्तिमा एक हप्ता काठमाडौँ बस्नुपर्छ भन्ने सोचका साथ तयारी गर्न आग्रह गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *