दमक, १७ जेठ–नेकपा (एकीकृत समाजवादी) झापाले आज (शनिबार) गिरीबन्धु चिया बगानमै पदाधिकारी बैठम सम्पन्न गरेको छ । गिरीबन्धु चिया बगानको भूमि भष्ट्रचारका विषयमा सरकार र सरोकारवालाको गम्भिर ध्यानाकर्षण गराउने उदेश्यले एकीकृत समाजवादी झापाले सो स्थानमै बैठकको आयोजना गरेको हो ।
एकीकृत समाजवादी झापाका अध्यक्ष बिपी भट्टराईले झापालाई बदनाम हुने राजनीतिक घट्नाहरुप्रति भत्सर्ना गर्नुभएको छ । अध्यक्ष भट्टराईका अनुसार पछिल्लो समय झापावासीको हैसियतले जिल्ला बाहिर परिचय दिनसमेत निकै सकस बन्नुपरेको छ । गुण्डाराज र भष्ट्रचारबिरुद्ध भण्डाफोर गर्दै त्यसप्रकारका कार्यमा जोडिएका व्याक्तिलाई जनताबीच सार्वजनिक गर्ने एकीकृत समाजवादी जिल्ला कमिटी झापाको आगामी योजना रहेको अध्यक्ष भट्टराईले बताउनुभएको छ ।
गिरीबन्धु चिया बगानको जग्गा प्रकरण होस या भुटानी शरणार्थी प्रकारणले होस, झापालाई नकारात्मक दृष्ट्रिकोणले हेर्ने गरेको आफ्नो अनुभग र भोगाई अध्यक्ष भट्टराईले बैंठकमा बताउनुभएकोा छ । भट्टराईले सांङ्केतिक विरोधका लािग एकीकृत समाजवादी झापाले आफ्नो बैठकलाई गिरीबन्धु चिया बगानमा आयोजना गुर्नपरेको स्पष्ट पार्नुभयो ।
सो बैठकमा पार्टी जिल्ला कमिटी झापाको बैठकले एमाले–कांग्रेससहितको सरकारले गिरीबन्धु चिया बगानको भूमि प्रकरणसम्बन्धि चासो र चिन्ता नदेखाएकोमा गम्भिर ध्यानकर्षण गरिएको छ । जनताले उठाएका सवालको जवाफमा सरकारले जिम्मेवारका साथ प्रस्तुत हुनुपर्ने र जग्गा प्रकरणका विषयमा सत्य तथ्य सार्वजनिक गरिनुपर्ने बैठकमा छलफल भएको अध्यक्ष भट्टराईले बताउनुभयो । भट्टराईले आफ्नो पार्टी मात्रै भनेर चुप लागेर नबस्नसमेत झापावासीहरुलाई आग्रह गर्नुभयो ।
बैठकमा केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज नीलमणी बरालले पछिल्लो समय मुलुक चरमभष्ट्रचारको दलदलमा भाषिएको, त्यसबाट नेपाली राजनीति पार्टीहरु र नेतृत्वप्रति जनता उदासिनता बनिरहेको बताउनुभयो । एकीकृत समाजवादी झापाले आफ्नो बैठकलाई पार्टी जिल्ला कमिटीको काार्यलयमा नगरेर गिरीबन्धु चिया बगानमै सम्पन्न गरेर राजनीति घटनाक्रममा नौलौ काम गरेकोसमेत जानकारी गराउनुभयो ।
त्यस्तैं, निवर्तमान अध्यक्ष बेदराज रेग्मीले एकीकृत समाजवादी झापाले एमाले, कांग्रैस, माओवादी लगायतका दलहरुलाई दनक दिएको बताउनुभयो । पूर्व अध्यक्ष रेग्मीले गिरीबन्धु चिया बगान जग्गा प्रकरण सम्बन्धि राजनीतिक सभा, समारोह र मिडियाहरुमा ठूलाठूला तर्क गरेपनि दलहरुका नेतृत्वले व्यवहारिक हिसावले काम गरेर देखाउन नसकिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
बैठकमा पार्टी प्रदेश कमिटी सदस्य श्रीप्रसाद सिटौला, शुसिला तिवारी बराल लगायतको उपस्थिति थियो । सो बैठकको सहजिकरण जिल्ला कमिटी सचिव सानुकुमार लामाले गर्नुभएको थियो । बैठकमा उठेका विषयमाथि उपसचिवद्धय श्रीप्रसाद मिश्र र उदय बराइले टिपोट गर्नुभएको थियो ।
