काठमाडौं, २१ जेठ–इण्डियन प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बेङ्लुरुले जितेको छ। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्लुरुले ९ विकेट गुमाएर १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पञ्जाव किंग्सले १८४ रन बनाउन सक्यो।

बेङ्लुरुका लागि फिल्ट साल्ट १६, विराट कोहली ४३, मयन्क अग्रवाल २४, कप्तान रजत पातिदर २६, लियम लिभिङ्स्टोन २५, जितेस शर्मा २४, रोमारियो सेफर्ड १७, कुर्नाल पाण्डे ४, भुवनेश्वर कुमार १ र यश दयालले १ रन बनाए।

पञ्जावका लागि अर्शदिप सिंह, कियल जामियसनले क्रमश तीनर तीन विकेट लिए भने अज्मतुल्लाह ओमर्जाइ, विजय कुमार भ्य्शक र युजुन्द्र चाहालले समान एक एक विकेट लिए।

त्यस्तै पञ्जावका लागि प्रियन्श अर्या २४, प्रभसिमरन सिंह २६, जोश इङ्लिश ३९, कप्तान श्रेयश अइएर १, नेहाल वधेरा १५, शशांक सिंह ६१, मार्कश स्टोनिस ६, अज्मतुल्लाह ओमर्जाइ १ रन बनाए।

बेङ्लुरुको लागि भुवनेश्वर कुमार र क्रुनाल पाण्डेले समान दुईर दुई विकेट लिए। त्यस्तै यश दयाल, जोश हेजलवुड र रोमारियो सेफर्डले समान एक एक विकेट लिए।

बेङ्लुरु चौथो तथा पञ्जाव दोस्रो पटक फाइनल खेलेका थिए। यसअघि बेङ्लुरु सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो।

यसैगरी पञ्जावलाई सन् २०१४ मा कोलकाता नाइट्स राइडर्सले निरास बनाएको थियो भने आज दोस्रो पटक बेङ्लुरुसँग निरास बन्यो।

यो सिजन लिग चरणमा भएको भेटमा पञ्जाव पाँच तथा बेङ्लुरु सात विकेटले विजयी भएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *