फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, २५ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ।

आज (आइतबार) एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ।

अनुसन्धान हुँदै जाला। मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन। म सुशासनको पक्षपाती हुँ। तर, मैमाथि यो किसिमको आरोप लागेको छ। यसको कानूनी उपचार हुन्छ। हाम्रा कानूनका जानकार साथीहरुले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ।’

बागमती प्रदेश कमिटी अध्यक्ष भीम दहालको अध्यक्षतामा बसिरहेको बैठकमा अध्यक्ष नेपालले फरक प्रसँगमा भन्नुभयो,‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ। हामीले भनेका छौँ सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस्। अर्को कुरा कार्यकार्तालाई झोले बनाउने काम पनि नगर्नुहोस्। असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन।

ओलीजिले बदलाको राजनीति छोडनुपर्छ। हामिले सरकारले गलत बाटो त्यागोस्। हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौँ। सरकारलाई हामी खबरदारी समेत गर्दै आइरहेका छौँ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *