दमक, २५ जेठ–दमकको फर्निचर लाइनमा अवस्थित दमक थुलुङ डेन्टल क्लिनिकले सामाजिक सेवा गर्ने उदेश्य राखेर किराँत राई समुदायको महान चार्ड साकेला उभौलीमा निःशुल्क दन्त परिक्षण शिविर आयोजना गरेको छ ।

दमक, झिलझिले, पाडाजुङ्गी र सितापुरीसहित चार स्थानमा थुलुङ डेन्टल क्लिनिकले निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको र त्यसमा झण्डै ४ सय जनाले निःशूल्क दन्त परिक्षण, औषधी र परामर्श पाएका छन् ।

थुलुङ डेन्टलले साकेला उभौली कार्यक्रममा आगान्तुक सवै जात-जाती, सवै बर्ग र उमेर समुहका लागि दन्तसम्बन्धिको संचेतनामुलक शिविर आयोजना गरेको हो ।

२९ बैशाख सोमबार दमकदेखि सुरु भएको साकेला उभौली चार्डको समापन २४ जेठ, शनिबार सितापरीमा सम्पन्न भएको छ । सो अवधिबीचमा ४ सय बढीलाई थुलुङ डेन्टल क्लिनिकबाट दन्तसम्बन्धि रोग, उपचार र समस्याहरुका बारेमा सहजिकरण गर्नुका साथै सेवा उपलब्ध गराइएको डाक्टर सोफिया थुलुङले जनकारी गराईन् । शिविरमा सेवा लिनेहरुलाई निःशूलक औषधी र सामाग्रीहरु वितरण समेत गरिएको थियो ।

डाक्टर थुलुङका अनुसार दमक–१ बुद्ध चौकमाा आयाृेजित साकेला उभौली कार्यक्रममा १ सय ४ जनाले निःशुल्क दन्त सेवा लिएका थिए । त्यस्तैं, कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुँङ्गीस्थित शसस्त्र प्रहरी गणको प्रवेशद्धार साकेला थानमा ८१ जना, शिबसताक्षी–११ झिलझिलेमा १ सय १५ जना र साकेला समापन समारोह सितापुरीमा १ सय १७ जनासहित ४ सय १७ जनाले सेवा लिएका थुलुङ डेन्टल क्लिनिकका सञ्चालिका डाक्टर सोफिया थुलुङले बताईन् ।

लाइफ लाइन अस्पतालमा लामो समयदेखि कार्यरत दन्त रोग विशेषज्ञ डाक्टर थुलुङले दाँत र गिजाको महत्व, यसको हेरचार र समग्र मुखलाई स्वास्थ्य राख्न आवश्यक पर्ने विषयमा जानकारी समेत गराएकी थिइन् । विभिन्न स्थानमा आयोजित शिविरमा सेवा लिन आउनेहरुलाई डाक्टर थुलुङले दाँत र गिजामा टाँसिने हानिकारक ब्याक्टेरिया, गिजा रातो भएर स्निन्ने कारण र यसका उपचारका बारेमा बताएकी थिइन् ।

डाक्टर थुलुङले व्यवसायीक क्षेत्र र दृष्ट्रिकोणले भन्दाबढी सेवामुलक क्षेत्रमा सहभागिता हुने उदेश्यले निःशुल्क दन्त शिविर परिक्षण कार्यक्रम सञ्चालन गरिएको बताईन् । थुलुङले शिविरबाट आफु व्याक्तिगत रुपले उत्साहित भएको र आगामी बर्षमा पनि यसलाई निरन्तरता दिइने बताईन् ।

डाक्टर थुलुङले निःशूल्क दन्त परिक्षण शिविरको लागि व्यवस्थापनमा सहयोग गर्नुहुने किराँत राई यायोक्खा दमक नगर समिति, कमल गाउँ समिति, शिबसताक्षी नगर समिति र जिल्ला समितिलाई आभार तथा धन्यवाद व्यक्त गरिन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *