काठमाडौं, २५ जेठ–अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू चढेको विमान काठमाडौं आइपुगेको छ । डिपोर्ट भएकाहरूलाई अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए।

उनका अनुसार ३७ जना नेपालीहरू डिपोर्ट भएर आएका छन्। उनीहरूमध्ये ३२ जना पुरूष र ५ जना महिला रहेको पनि प्रवक्ता न्यौपानेले बताए।

उनीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको थियो। डिपोर्ट गरिएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ।

ब्युरोका एसएसपी कृष्ण पँगेनीले पनि ३७ जना नेपालीहरू डिपोर्ट भएर आइपुगेको जानकारी दिए। ब्युरोले उनीहरू कसरी अमेरिका पुगे, दलालबाट ठगिएका पीडितहरू हुन् कि भनेर बुझ्न विमानस्थलमै सामान्य सोधपुछ गरी पठाइने पनि उनले बताए।

ठगिएर अमेरिका पुगेका हुन् र त्यस्ता व्यक्तिहरूले दलालविरूद्ध उजुरी दिए भने ब्युरोले अनुसन्धान अगाडि बढाउँछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *