दमक, २८ जेठ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जेठ ३१ गते रिभर भ्यू पार्टी प्यालेसमा हुने पाँच जातीय मोर्चाहरुको राष्ट्रीय सम्मेलनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा आउने भएका हुन् ।

कमल–५ पाडाजुँङ्गीस्थित रिभर भ्यू पार्टी प्यालेसमा कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड राष्ट्रिय मुक्ति मोर्चा र मेचे राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रीय सम्मेलन हुने भएको छ ।

झापाको दमकमा प्रेस सेन्टर नेपाल झापाले हिजो (मङ्गलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । सो पत्रकार सम्मेलनमाा प्रदेश स्तरीय मोर्चा फ्याक्सन इन्चार्ज हिमाल किरातीले पार्टी संसदीय भासमा फसेको बताउनुभयो । वहाँले पछिल्लो समय पहिचानको मुद्धापछि परेको स्वीकार गर्नुभयो । त्यहि टुटेको कडीलाई अज जोड्नुपर्नेमा नेता किरातीले उद्घोष गर्नुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले (समर) ले आफ्नो पहिचान विर्सिएर अरुसँग टाँसिने र छुट्ने गर्दा पार्टी कमजोर भएको केन्द्रीय समितिको उच्च तहमा पनि समिक्षा भएको बताए । उनले अब झापाबाट पहिचान पक्षधर शक्तहरु केन्द्रीत हुने संकेत गरे । उनले जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेको बताए ।

खुल्ला राजनीतिको प्रतिष्पर्धामा आएसँगै माओवादी केन्द्रलाई पहिचानको मुद्धा ओझेल पर्यो भन्ने चिन्ताले निक्के सताउन थालेको छ ।

राजनीतिक दाउपेपसँगै बहुमत र अल्पमतकाविच संसदीय अभ्यासले भासमा फसाएको माओबादी केन्द्रको पहिचानको नारा सिथिल बन्न पुगेका स्वीकार्दै पहिचानको मुद्धा छोड्दा पार्टी पछि परेको नेताहरुले सार्वजनीक कार्यक्रममा नै स्वीकार्दै आएका छन् ।

कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्ष ममता राजबंशीले सम्मेलनको तयारी तीब्र गतिमा भइहरेको जानकारी दिइन् ।

कोशी प्रदेशलाई ऐतिहासिक पहिचान र सभ्यतामा आधारित ’किरात लिम्बुवान कोचिला’ नामाकरणको माग गर्दै संयुक्त मोर्चाले आफ्ना गतिविधि अगाडि बढाइरहेको धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष तारिकलाल धिमालले बताए ।

कार्यक्रममा सन्थाल राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष मोहन टुडुले झापाका आदिवासी सन्थाल समुदाय पहिचानको मुद्धामा एक भएर लाग्ने बताए ।

कार्यक्रमबारे उपलब्ध जानकारी पत्रमा झागड राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष रामलखन उराव, मेचे राष्ट्रिय मुक्ति मोर्चा नेपालका रुपेश मेचेलगायतले हस्ताक्षर गरेका छन् ।

प्रेस सेन्टर नेपालका झापा अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका प्रेष सेन्ट्रर नेपालका नेता बिमल लामिछानेले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *