सांसद सरोजकुमार सिंह

जनकपुर, २९ जेठ–मधेश प्रदेशका सांसद सरोजकुमार सिंह कुश्वाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका छन्।सांसद कुश्वाहालाई अख्तियारको टोलीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो।

सांसद विकासको रकम स्थानिय उपभोक्ता समितिमार्फत कमिशन लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सांसद कुश्वाहालाई पक्राउ गरेको हो। उनले २०७६ सालदेखि २५ देखि ३० प्रतिशत रकम सिधै बैंक खातामा जम्मा गरेको खुलेको छ। महोत्तरी क्षेत्र नम्बर–४ ९ख० बाट निर्वाचित सिंहमाथि योजना बिक्री गरेको आरोप छ।

अख्तियारका अनुसार उनले विभिन्न आयोजनामा आफूअनुकूल उपभोक्ता समिति गठन गरेर सांसद विकास कोषको रकम श्रीमती र स्वकीय सचिव विनोदकुमार कायस्थको खातामा राखेको पाइएको छ।

अख्तियारको टोलीले गत जेठ १३ गते उनको घरमा छापा हानेर स्वकीय सचिव कायस्थलाई पक्राउ गर्नुका साथै सिंहको मोबाइल जफत गरेको थियो । पक्राउ परेका सिंहमाथि अख्तियारले थप अनुसन्धान गर्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *